कोरोना भाइरसको संक्रमण के कारणले फैलियो भन्ने विषयमा बेलायतमा अहिले अध्ययन भइरहेको छ। सो अध्ययनमा फुटबल खेल पनि कारकको रुपमा देखिएको बेलायती सञ्चारमाध्यमले बताएका छन्।
पाकिस्तानी क्रिकेट टोलीकी पूर्वकप्तान सान मिरले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेकी छिन्। उनले संन्यास लिने यो नै उपयुक्त समय भएको बताउँदै अन्तराष्ट्रिय क्रिकेटमा नफर्कने बताएकी हुन्।
कोरोना भाइरसका कारण आउँदो समय क्रिकेटका धेरै नियममा परिवर्तन आउनसक्ने भएको छ। बल चम्काउन थुकको प्रयोग हुँदै आएकोमा यस नियममा परिवर्तन आउनसक्ने बताइएको छ। टेस्ट क्रिकेटमा प्रयोग हुने रातो बललाई...
कार्यालय सञ्चालनलगायतका विभिन्न कामका लागि फिफाले आफ्ना सदस्य राष्ट्रलाई सहयोग प्रदान गर्ने भएको छ। उसले आफ्नो सञ्चालन कोषको रकम कोरोना संकटका कारण समस्यामा परेका सदस्य राष्ट्रलाई प्रदान गर्ने बताएको हो।
एजेन्सी– उपाधि विजेता घोषणा नगरिकनै डच लिग इरीडीभीसीई रद्द गरिएको छ। क्लब रेलिगेशन र प्रमोसनमा नजाने निर्णय गर्दै नेदरल्यान्डको फुटबल संघ केएनभीबीले लिग रद्द गरेको हो।
मे १७ बाट अगस्ट ३१ सम्म फिफाले समर विन्डोको समयावधि तोकेको छ। यसबीच खेलाडी किन्ने र बेच्ने शृंखला धेरै हुन्छन्। क्लबले आफ्नो क्षमताअनुसार खेलाडी किन्ने र बेच्ने गरेका छन्।
जर्मनीको शीर्ष लिग बुन्डेसलिगा आउँदो मे ९ तारिखबाट मैदानमा फर्कनको लागि तयारीमा जुटेको छ। योजना अनुरुप सबै काम भएमा कोरोनापछि मैदानमा फर्कने यो नै पहिलो लिग फुटबल हुने छ।
केही हप्ताअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा सोधिएको प्रश्न थियो, क्रिकेटमा तपाईंले बिर्सन चाहेको क्षण कुन हो ?
मंगलबार बसेको अल इन्डिया फुटबल फेडेरेसन(एआईएफएफ)को बैठकले मोहन बगानलाई आई लिगको नयाँ विजेता घोषित गरेको छ। उसले २८ खेल बाँकी रहँदै सिजन रद्द गरेर शीर्ष स्थानमा रहेको मोहन बगानलाई विजेता...
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाम आज चलेका क्रिकेटर पनि आफ्नो चुनौतीका रुपमा लिन्छन्। तर एक यस्तो समय पनि थियो, जब विराटले धेरै संघर्ष गर्नुपरेको थियो। ‘अनएकेडेमी अनलाइन’ क्लासमा...
महिला फुटबल अझै एक बिलियन डलरको फाइदामा रहेको फिफाले बताएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण शङ्कामा रहेको फुटबलको लगानी सुरक्षित रहेको फिफाले बताएको हो।
पार्कर खेलमा सबैभन्दा धेरै विश्व कीर्तिमान कायम गर्ने व्यक्तिको नाम हो, आसिरिता फरमान। फरमानले ६ सय भन्दा धेरै विश्व रेकर्ड बनाएका थिए। उनका अहिले पनि २२६ विश्व रेकर्ड कायमै छन्।...
कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण विश्वभरका खेल रोकिएका छन्। तर तुर्कमेनिस्तानमा भने फुटबल सिजन सुरु भएको छ। दर्शकको ठूलो भीडमा नै आइतबार फुटबल सिजन सुरु गरिएको छ।
कोरोना भाइरसको महामारीको समयमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए०ले लगातार राहत सहयोग गर्दै आएको छ। उसले कोरोना भाइरसको महामारीका कारण लकडाउन सुरु भएदेखि नै सहयोग सुरु गरेको थियो।
राष्ट्रिय भलिबल संघ(एनभीए)ले गर्ने पाँचौं राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको छ। बैशाख २५ देखि जेष्ठ १ सम्म आयोजना हुन गइरहेको प्रतियोगित कोरोेना भाइरसको जोखिमका कारण स्थगन...
विश्वभरका स्वास्थ्य वैज्ञानिकहरुको एक संस्थाले अर्को वर्ष हुने भनिएको टोकियो ओलम्पिक र पारालम्पिक आयोजनामा शंका व्यक्त गरेको छ। उसले कोरोनाको भ्याक्सिन नबनेसम्म ओलम्पिक गर्न कठिन रहेको समेत बताएको छ।