मंगलबार, असार ३०, २०८३

बार्सिलोनाको टाउको दुखाइ : ऋणमा पठाएका खेलाडी

एजेन्सी– जारी सिजन नसकिँदै बार्सिलोनासँग जुध्न अर्को समस्या हुनेछ– उसले लोनमा विभिन्न क्लबमा पठाएका खेलाडी। क्लबले उनीहरुको भविष्यबारे पनि गरिहिएर सोच्नु पर्नेछ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

एजेन्सी– जारी सिजन नसकिँदै बार्सिलोनासँग जुध्न अर्को समस्या हुनेछ– उसले लोनमा विभिन्न क्लबमा पठाएका खेलाडी। क्लबले उनीहरुको भविष्यबारे पनि गरिहिएर सोच्नु पर्नेछ।

अहिलेको तालिकाअनुसार स्पेनिस लिग ला लिगा आउँदो ३० जुनभन्दा पछिसम्म चल्नेछन्। तर खेलाडीको लोन सम्झौता जुन अन्तिममा सकिँदै छ।

सम्झौता गर्दा क्लब र खेलाडीबीच सम्झौता सकिएपछि कस्तो सम्बन्ध हुने भन्नेबारेमा पहिले कुनै छलफल भएको हुँदैन। त्यसैले आउँदो जुन ३० मा खेलाडीको सम्झौता सकिने भएपछि उनीहरुको भविष्य पनि अन्योलपूर्ण बनेको हो।

अहिले बार्सिलोनाको पहिलो टिमका चार खेलाडी लोनमा विभिन्न क्लबबाट खेलिरहेका छन्। उनीहरु हुन् फिलिप काउटिन्हो, कार्लस एलिन, राफिन्हा अल्कान्तारा र जिन क्लायर तोदिबो। यस सन्दर्भमा अहिले बार्सिलोनाको लागि पेचिलो बनेको विषय चाहिँ, ‘खेलाडीहरु लोनमा रहँदाको जुन ३० पछिको समयमा कसले उनीहरुको तलब दिने’ भन्ने हो।

अहिलेको अवस्था हेर्दा जुन खेलाडीले लोनमा खेलिरहेका छन, उनीहरु त्यही क्लबमा अस्थायी रुपमा बस्नुपर्ने अवस्था छ। तर उनीहरुलाई त्यहाँ पनि तलब दिनुपर्ने हुन्छ।

काउटिन्होलाई नै हेर्ने हो भने पनि, उनी अहिले जर्मनको बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा छन्। उनी अगस्ट अन्तिम वा सेप्टेम्बरको सुरु भन्दा अघि बार्सिलोनामा फर्कन सक्दैनन्। उनको जुलाई र अगस्टको तलब हिसाब गर्दा ५ मिलियन यूरो हुन आउँछ। त्यो पैसा कसले दिने ? यही प्रश्नले अहिले बार्सिलोनालाई अर्थिक दबाव परेको छ।

त्यस्तै तोदिबो पनि लोनमा जर्मन क्लब साल्केमा छन्। उनलाई पनि बार्सिलोनाले बेच्न चाहिरहेको भए पनि बेच्न सकेको छैन।

कोरोनाको महामारीका कारण क्लबको आम्दानी घटेको र क्लबले थेग्नसक्ने भन्दा धेरै खेलाडी भएकाले क्लबलाई आर्थिक भार पर्न गएको हो।

प्रकाशित: Jun 03, 2020| 18:14 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।