मंगलबार, मंसिर १६, २०८२

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

National life

जस बटलरको अर्धशतकमा राजस्थान रोयल्सले बुधबार आइपिएलमा चेन्नई सुपर किंग्सलाई संघर्षपूर्ण खेलमा तीन रनले पराजित गरेको हो। बटलरको ३६ बलमा ५२ रनमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ७५ रन बनाएको थियो।

त्यसमा सिमरन हेटमारको नटआउट ३० रनको पनि योगदान रह्यो। चेन्नईलाई जितसम्म पुग्न सन्दीप शर्माको अन्तिम ओभरमा २१ रन चाहिएकोमा त्यसलाई पूरा गर्न सकेन।

अन्तिम ओभरमा दुई वाइडपछि महेन्द्रसिंह धोनीले दुई छक्का प्रहार गरे र अन्तिम बलमा पाँच रन चाहिएको थियो। त्यसमा एकै रन मात्र बन्यो र चेन्नईले ६ विकेटमा १ सय ७२ रन मात्र बनाउन सक्यो।

यो खेलपछि राजस्थानले तेस्रो जित हासिल गरेको छ। राजस्थान ४ खेलमा ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। त्यस्तै चेन्नईको भने यो दोस्रो हार हो। चेन्नईको ४ खेलमा ४ अंकसहित चौथो स्थानमा रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 13, 2023| 06:57 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।