शनिबार, मंसिर ६, २०८२

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।

National life

गएराती सम्पन्न खेलमा बैंगलोरले दिएको २१३ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

लखनउको जितमा निकोलस पुरनले सर्बाधिक १९ बलमा ६२ रन बनाए भने मार्कस स्टोइनिसले ३० बलमा ६५ रन बनाए। त्यस्तै आयुष बदानीले ३० र कप्तान के एल राहुलले १८ रन बनाएका थिए।

त्यस्तै बैंगलोरका बलर मोहमद सिराज र वाने प्रनिलले ३-३ विकेट लिए भने हर्षल पटेलले २ तथा कर्ण शर्माले एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलोरले २० ओभरमा २ विकेट गुमाउदै २१२ रन बनाएको थियो।

Laxmi sunrise bank
kumari

बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले अविजित ७९ रन बनाए भने विराट कोहलीले ६१ रन बनाए। त्यस्तै ग्लेन म्याक्सवेलले २९ बलमा ५९ रन बनाए।

त्यसैगरी लखनउका बलर मार्क वूड़ र अमित मिश्रले एक एक विकेट लिएका थिए।

यो जितसँगै लखनउको ४ खेलमा ३ जितसहित ६ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ।

त्यसैगरी बैंगलोरले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ।
 

प्रकाशित: Apr 11, 2023| 07:20 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।