शनिबार, असोज ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद श्रेष्ठ र मेयर ढुंगानाबीच जुहारी : संघीय र स्थानीय सरकारको जिम्मेवारीबारे कटाक्ष 

सांसद श्रेष्ठ र मेयर ढुंगानाबीच जुहारी : संघीय र स्थानीय सरकारको जिम्मेवारीबारे कटाक्ष 

 |  शनिबार, असोज ३१, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३१, २०८३

धादिङ। संघीय सरकारले सकेनौं भनेर हात उठाए स्थानीय सरकारले मलेखुमा ‘फेरी’ हालेर भएपनि यातायात संचालनमा ल्याउने नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताएका छन्।

शनिबार अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै मेयर ढुंगानाले भदौ १० गतेको बाढीले बगाएको मलेखु पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति कटाक्ष गरेका हुन्। 

बाढीले पुल बगाएपछि टुटेको धादिङबेसी र राष्ट्रिय राजमार्गको सम्बन्ध पुनः जोड्ने कुरामा ढुंगानाले जोड दिए। ‘बाढीले बगाएको मलेखुको पुल बनाउन संघीय र प्रदेश सरकारले हात झिके, हामी स्थानीय सरकार मिलेर फेरि बनाएर गाडी तार्छौ,’ ढुंगानाले भने।

स्थानीय सरकारले आफ्नै लगानीमा बेलिब्रिज राख्ने आँट गर्न नसकेपनि पुरानो जमानाको फेरी निर्माण गरेर सवारी संचालन गर्न सक्ने भन्दै उनले भने, ‘मलेखुमा कमसेकम बेलीब्रिज राख्न सकिन्छ। स्थानीय तहहरुले बेलीबृज राख्न त सक्दैनौं। तर फेरीसम्म राख्न सक्छौं।’

‘मलेखुमा राख्न मिल्ने पुल संसारमै नभएको त होइन होला’ उनले कटाक्ष गरे। 

अध्यक्ष ढुंगानाको कटाक्षलाई जवाफ फर्काउँदै संघीय सरकारको संसदीय सुनुवाई समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद (धादिङ–२) बोधनारायण श्रेष्ठले स्थानीय सरकारले पनि आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप लगाए।

प्रतिप्रश्न गर्दै श्रेष्ठले भने,‘सरकार तीन वटा छ। यो देशमा केन्द्र सरकार मात्रै हो ? अरु सरकार सबै फेल भैसकेको हो र ? १० मिटरको पुल हाल्न पनि म नै उभिनुपर्ने हो ?’

आफू केही नगरी संघीय सरकारलाई दोष स्थानीय सरकार गाली गलौजमा उत्रिएको शंकेत गरे। ‘मेरो घर अगाडि बाटो पिच भएन भनेर सरकार परिवर्तन भएको होइन, यो मत आएको पनि होइन। मेरो घर अगाडि बनेको बाटोमा भ्रष्टाचार भयो, सुशासन भएन, राजदुत किनबेच भयो भनेर यो सरकार परिवर्तन भएको हो। त्यसको ब्रेकथु्र हामीले गरेका छौं’, श्रेष्ठले भने।

२५ वर्षको हिंसा जतिसुकै पुष्ट्याइ गर्दापनि अब जनताले हिसाब गर्ने उनले बताए। धादिङको ज्वालामुखी, नीलकण्ठ र सिद्दलेकको सिमानामा रहेको पुल बनाउने कुरामा वडाले समेत वास्ता नगरेको उल्लेख गर्दै श्रेष्ठले भने,‘पैंतीस बर्षमा के के भयो त्यसको जवाफ जनताले दिनेछन्, पुल बनेकोमा होइन पुल बनाउँदा भएको अनियमितताले गर्दा जनताले बिकल्प खोजेको हो।’

प्रकाशित: Oct 17, 2026| 17:57 शनिबार, असोज ३१, २०८३
प्रतिक्रिया दिनुहोस्