काठमाडौं- लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन्।
नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।