काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्।
आजको बैठकमा भोटेकोशी बाढीको विषयमा सरकारले जानकारी गराउने कार्यसूची तय भएकोमा प्रधानमन्त्री शाह आफैले संसदलाई बाढी बारे जानकारी गराउने भएको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अहिलेसम्म ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजारभन्दा बढी सम्पर्कविहीन छन्।