बुधबार, कात्तिक ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बडादसैंले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

बडादसैंले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

 |  बुधबार, कात्तिक ४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ४, २०८३

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन्।

विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका हुन्।

“यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ”, सभापति थापाले सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: Oct 21, 2026| 10:08 बुधबार, कात्तिक ४, २०८३
प्रतिक्रिया दिनुहोस्