बुधबार, कात्तिक ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

 |  बुधबार, कात्तिक ४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ४, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्।

विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको दुःख सम्झिएका छन्।

सभापति लामिछानेले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको कामना गरेका छन्।

नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Oct 21, 2026| 10:11 बुधबार, कात्तिक ४, २०८३
प्रतिक्रिया दिनुहोस्