बुधबार, कात्तिक ४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो एकदिवसीय खेलमा पाकिस्तानसँग इङ्ल्यान्ड ८७ रनले पराजित

दोस्रो एकदिवसीय खेलमा पाकिस्तानसँग इङ्ल्यान्ड ८७ रनले पराजित

 |  बुधबार, कात्तिक ४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ४, २०८३

काठमाडौं- पाकिस्तानले तीन देश सम्मिलित एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा इङ्ल्यान्डलाई ८७ रनले पराजित गरेको छ।

मंगलबार भएको खेलमा पाकिस्तानले दिएको ३०३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३८.४ ओभरमा २१५ रनमै समेटिएको थियो।  

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो। उसका हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने अराफात मिन्हासले ५९ र फहिम अशरफले ३९ रनको योगदान दिए। 

३०३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेको थियो। टम ब्यान्टनले ५७ र बेन डकेटले ४५ रन बनाए। तर त्यसपछि इङ्ल्यान्डको ब्याटिङ क्रम लगातार धराशायी भयो।

पाकिस्तानका अराफात मिन्हासले उत्कृष्ट बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए। हरिस राउफले दुई विकेट लिएपछि इङ्ल्यान्ड लक्ष्यसम्म पुग्न सकेन।  

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मिन्हास खेलका उत्कृष्ट खेलाडी घोषित भए। यो जितसँगै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३७ रनले हराएको थियो। 

पाकिस्तान र इङ्ल्यान्डबीचको अर्को खेल अक्टोबर २५ मा लाहोरमा हुनेछ।

प्रकाशित: Oct 21, 2026| 06:33 बुधबार, कात्तिक ४, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।