मंगलबार, असार ३०, २०८३

अनलाइन चेस प्रतियोगिता आज हुँदै

अनलाइन चेस च्याम्पियनसिप (प्रतियोगिता) आज (शनिवार) हुँदैछ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं– अनलाइन चेस च्याम्पियनसिप (प्रतियोगिता) आज (शनिवार) हुँदैछ। ‘चेसको उत्कृष्ट खेलाडी छान्ने मिसन’का रुपमा च्याम्पियनसिप आयोजना गरिन लागिएको आयोजक बुद्धिचाल डट कमले बताएको छ।

च्याम्पियनसिपमा सहभागी २० खेलाडीबाट उत्कृष्ट १५ जनालाई खेलमा सहभागी गराइने छ। ३ मिनेट २ सेकेन्ड इन्क्रिमेन्ट फर्म्याटमा खेलाइने प्रतियोगिता राउन्ड रोविन प्रणालीमा सञ्चालन हुनेछ।

च्याम्पियनसिप आज ४ बजेबाट सुरु हुनेछ। अनलाइन खेल गतिविधि ३ घन्टासम्म चल्नेछ।

कोरोना भाइरस (कोभिड १९)को महामारीले खेल क्षेत्र ठप्प रहेको अवस्थामा नेपाल बुद्धिचाल डट कमले यस्तो प्रतियोगिता आयोजना गरेको हो।

उसले भनेको छ, “कोभिड–१९का कारण लकडाउन छ, सामाजिक दुरीको पालना गरेर खेल्नुपर्ने छ। तर, चेसका लागि यो ब्रेकको समय होइन। चेस सामाजिक दुरी कायम गरेर खेल्न सकिन्छ। त्यस्तै अनलाइनबाट पनि सजिलै खेल्न सकिन्छ।”

त्यस्तै, अनलाइन प्रतियोगितालाई सस्तो र छोटो समयमा सम्पन्न गर्न सकिने पनि आयोजकले बताएको छ। आज हुने प्रतियोगिताको विजेताले ६ हजार रुपैयाँ नगद पुरस्कार पाउन छ।

आयोजकका अनुसार प्रतियोगितामा लिच एप्लिकेसन र चेस डट कममा गएर सहभागी हुन सकिनेछ।

प्रकाशित: May 30, 2020| 13:05 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।