मंगलबार, असार ३०, २०८३

जातीय विभेद र नश्लवादको विरोधमा उत्रिए खेलाडी

एजेन्सी– अमेरिकाको मिनेपोलिसमा अश्वेत जर्ज फ्लोयडको हत्याको घटनालाई लिएर खेलाडीले खुलेर विरोध गर्न थालेका छन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

एजेन्सी– अमेरिकाको मिनेपोलिसमा अश्वेत जर्ज फ्लोयडको हत्याको घटनालाई लिएर खेलाडीले खुलेर विरोध गर्न थालेका छन्। टेनिस स्टार कोको गाफपछि अमेरिकी पूर्व बास्केटबल खेलाडी माइकल जोर्डनले ट्वीट गरेर घटनाको विपक्षमा आवाज उठाएका छन्।

त्यस्तै जर्मनीको फुटबल क्लब बोरुसिया डर्टमुन्डका दुई खेलाडीले पनि घटनाको विरोध गरेका छन्। उनीहरुले खेलमा ‘जस्टिस फर फ्लोयड’ (फ्लोयडलाई न्याय देऊ) भन्ने टिसर्ट लगाएर फुटबल खेलेका थिए।

जार्डनले अमेरिकामा पुलिसको हातबाटै अश्वेतको मृत्युबारे भनेका छन्, ‘मेरो समवेदना फ्लोयडका परिवारबाहेक त्यस्ता अनगिन्ती मानिसहरुलाई पनि छ, जसले नस्लिय बर्बरता र अन्यायका कारण ज्यान गुमाएका छन्। अब अति भइसक्यो, हामी एकठ्ठा भएर नस्लवादको विरुद्ध आवाज उठाउनुपर्छ। ताकी हाम्रो नेताहरुलाई कानुन बदल्नका लाग दबाव बनोस्।’

उनका साथै अन्य खेलाडी लेबरन जेम्स, जेलेन ब्राउन साथै बास्केटबल कोच ड्वेन कैसीले पनि घटनाको विरोध गरेका छन्।

त्यस्तै जर्मनीका खेलाडी जार्डन सान्जे र अचरफ हकिमीले पनि घटनाको विराध गरेका छन्। उनीहरुले आइतबार राति भएको खेलमा टिसर्टमा ‘जस्टिस फर फ्लोयड’ लेखेर घटनोका विराध गरेका हुन्।

अ‍ेमेरिकामा फ्लोयडको मृत्युपछि राजधानी वासिङटन डिसीसहित गरी ४० सहरका कफ्यु जारी गरिएको छ।

प्रकाशित: Jun 01, 2020| 13:46 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।