मंगलबार, असार ३०, २०८३

नश्लवाद र हिंसा बन्द गर : फिफा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जातीवाद, नश्लवाद र हिंसा बन्द गर्न अपिल गरेको छ। उसले सोमबार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जातीवाद, नश्लवाद र हिंसा बन्द गर्न अपिल गरेको छ। उसले सोमबार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो।

‘जर्ज फ्लोएड मामलको दुखद अवस्थाबारेमा धेरै फुटबलरहरुले व्यक्त गरेको भावना र चिन्ताको गहिराइ फिफाले बुझेको छ,’ फिफाले सूचनामा भनेको छ, ‘फिफा नश्लवाद र कुनै प्रकारको विभेदविरुद्ध लगातार दृढ रहँदै आएको छ। र, त्यस्तो व्यवहारलाई उन्मूलन गर्न मद्दत पुर्याउन भर्खरै आफ्नो अनुशासन सम्बन्धि नियमलाई पनि सुदृढ पारेको छ।’

जातीवादको मुद्दा फुटबलमा पनि देखिने भएकाले फिफाले जातिय विभेदविरुद्ध अभियानहरु पनि सञ्चालन गरेको थियो। जसमा फिफाले आफ्नै अगुवाइमा सन्देश पठाउने गर्दथ्यो।

‘बुन्डेसलिगाका केही खेलाडीले गरको प्रदर्शन तालीको योग्य छ न कि सजायको,’ फिफा अध्यक्ष गिन्नी एन्फान्टिनोले भने,‘हामी सबैले जातीवाद वा कुनै प्रकारको विभेदलाई सहनु हुँदैन। कुनै प्रकारको हिंसा मन्य छैन भनेर हामीलै भन्नैपर्छ।’

थप समाचार : जातीय विभेद र नश्लवादको विरोधमा उत्रिए खेलाडी

प्रकाशित: Jun 03, 2020| 12:08 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।