मंगलबार, असार ३०, २०८३

भारतमा नेपाली दम्पतीलाई कोरोना संक्रमण

भारतकोे बैंग्लोरमा कामदारका रूपमा रहेका एक नेपाली दम्पतीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौैं– भारतकोे बैंग्लोरमा कामदारका रूपमा रहेका एक नेपाली दम्पतीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ।

बझाङ घर भएका ती दम्पतीमा कोरोना संक्रमण भेटिएको भिक्टोरिया अस्पतालले जनाएको छ। उनीहरूसँगै रहेका चार छोेराछोरीलाई भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार दुई साताअघि ती महिलामा कोरोना संक्रमण देखिएको थियो। उनी काम गर्ने परिवारकी महिला गत १२ मार्चमा लन्डनबाट बैंग्लोर आएकी थिइन्। ती महिलाको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त परिवारका सबै सदस्यसहित कामदार महिलाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो।

कामदार महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि स्थानीय प्रशासनले उनका पति र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो।

स्वास्थ्य परीक्षणमा कामदार महिलाका पतिलाई पनि कोरोना संक्रमण देखिएको थियो। हाल उनीहरूको परिवारका सबै सदस्यहरूलाई केसी जनरल अस्पतालमा राखिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Apr 03, 2020| 14:11 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।