सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हिन्दू, बौद्ध र किरातको संख्या घटेको हल्ला प्रष्ट पार्न कमल थापाको माग

Siddartha premir insuranceSiddartha premir insurance

हिन्दू, बौद्ध र किरातको संख्या घटेको हल्ला प्रष्ट पार्न कमल थापाको माग

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

ntc landingntc landing

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७८ सालमा भएको पछिल्लो जनगणनामा हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको हल्ला भएकाले त्यसको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

himalayan bank box

थापाले विज्ञप्ति जारी गर्दै धर्म परिवर्तनको डढेलोमा सनातन धर्म (हिन्दू, बौद्ध र किराँत) संस्कृति र परम्परा कमजोर हुँदै गएको तथा लोभलालच, प्रलोभन, भ्रम र त्राश सिर्जना गरी योजनाबद्ध रुपमा धर्म परिर्वतन भइरहेको दाबी गरेका छन्।

संगठित रुपमा धर्म परिवर्तन गराउने काम भैरहेकोबारे राप्रपा नेपालले बारम्बार आवाज उठाउँदै आएको भन्दै उनले धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न गराउन पश्चिमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेकोसमेत आरोप लगाएका छन्। ‘केही प्रमुख दलहरुले धर्मपरिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन्,’ उनको आरोप छ,  ‘राष्ट्रको पहिचान र एकताको आधार कमजोर बनाउने षड्यन्त्र भैरहँदा नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसञ्चार माध्यमहरू उदासीन रहनु उदेकलाग्दो छ।’

उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति अब संघर्षमा उत्रनुबाहेक अर्को विकल्प नभएको भन्दै सनातन धर्म संस्कृतिका पक्षधर धार्मिक संस्था, स्वामी, गुरु, पण्डित, पुरोहित र आमजनतालाई संयुक्त र एकतावद्ध संघर्षको तयारीमा जुट्न आह्वान गरे। 
 

प्रकाशित: Mar 29, 2023| 17:55 बुधबार, चैत १५, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।