काठमाडौं- ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।
स्कुल बस निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका बस चलाउने १६ जना चालकलाई बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको हो।
तीमध्ये ८ जनालाई बसको अवस्था ठिक नराखेको र ८ जनालाई लापरबाहीका साथ बस चलाएको अवस्थामा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बुधबार ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालकसहित ३१४ जना सवारी चालक कारबाहीमा परेका छन्।