काठमाडौं। नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ।
पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ।
राजनीतिमा सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए। त्यसपछि नेपालले प्रचण्डसँग एकता गरेपछि नेकपा संयुक्तमा आवद्ध भएका थिए। पौडेल जनता टेलिभिजनका अध्यक्ष समेत रहेका थिए।
नेता पौडेले नेकपा एमालेका तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन्।