सोमबार, असोज २६, २०८३

कांग्रेसको १५औँ महाधिवेशन:

सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

काठमाडौं- नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ। 

पछिल्लो अपडेट अनुसार १६८९ मतगणना हुँदा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन्।  खतिवडाले ७६८ मत प्राप्त गरेका छन् भने अजय सिवाकोटीले ५४८, डिल्लीराज सुवेदीले ४३९ मत, देवेन्द्रराज कँडेलले ३३४ मत, विकास कोइरालाले २८४, राजिव ढुंगानाले २५३ मत, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्याल १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्। 

काँग्रेसको सहमहामन्त्रीमा खुला तर्फ एक उम्मेदवार विजयी हुनेछन्।

प्रकाशित: Oct 12, 2026| 06:35 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्