सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको निर्वाचनमा भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतदानअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणना असोज २७ गते बिहान ८ बजेदेखि ललितपुरको बीपी स्मृति भवन, बीपी नगरमा सुरु हुने जनाएको छ।

साथै, केन्द्रीय सदस्यका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक अन्य प्रतिनिधिको व्यवस्था नभएको पनि उल्लेख गरिएको छ।

प्रकाशित: Oct 12, 2026| 16:58 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्