आइतबार, असोज २५, २०८३

कांग्रेस मत गणना अपडेट: महामन्त्रीमा कसले कति मत पाए ?

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। 

आइतबार बिहान ६: ५० सम्मको अपडेट अनुसार महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी ७२३ मत प्राप्त गरेका छन्। त्यस्तौ अमरसिंह पुन मगरले ४५५ मत पाउँदा उदयशमशेर राणाले ४१२ मत प्राप्त गरेका छन्। त्यस्तै, डा. सुनिलकुमार शर्माले ३०९ मत, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५ मत, शंकर तिवारीले १९ मत र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्। 

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५३६ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ मत प्राप्त गरेकी छन्। त्यस्तै रीता खनालले १४७ मत पाएकी छन्।

प्रकाशित: Oct 11, 2026| 07:04 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्