काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापतिका लागि खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्यले अग्रता लिएका छन् भने समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्।
आइतबार बिहान ६: २५ बजेसम्मको अपडेट अनुसार डा. चन्द्रकान्त भण्डारीले ६४३ मत प्राप्त गरेका छन् भने मधु आचार्यले ३६२ मत प्राप्त गरेका छन्। त्यस्तौ गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५ मत पाएका छन्। दीपक गिरीले २४८ मत, धनराज गुरुङले २२३ मत र डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन्।
त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ३५७ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ३०० मत, फरमुल्लाह मंसुरले १७७ मत, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गरेका छन्।