मंगलबार, असार ३०, २०८३

बुन्डेलिगा : पेचिलो बन्दै तेस्रो स्थानको प्रतिस्पर्धा

एजेन्सी – बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पाहुना टाली आरबी लाइप्जिकले घरेलु टोली कोल्नलाई ४–२ को गोलअन्तरले हराएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

एजेन्सी – बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पाहुना टाली आरबी लाइप्जिकले घरेलु टोली कोल्नलाई ४–२ को गोलअन्तरले हराएको छ।

रेहिन इनर्जी रंगशालामा सम्पन्न खेलमा लाइप्जिक जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो। जितका लागि पाट्रिक स्चक, क्रिस्टोफर कुनकु, टिमो वार्नर र दानी ओल्मोले एक–एक गोल गरे।

तर खेलको सुरुवाती गोल भने घरलु टिमले गर्यो। सातौं मिनेटमा जोन कोर्दोवाले कोल्नका लािग गोल गरे भने लाइप्जिकका स्चकले २० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर ३८ औं मिनेटमा कुनकु र ५० औं मिनेटमा वार्नरले गोल गरेपछि भने लाइप्जिक २ गोलको अग्रतामा आयो। ५५ औं मिनेटमा एन्थोली मोडेस्टेले गोल गर्दै कोल्नलाई खेलमा फर्कान चाहे तर सकेनन। लगत्तै ओल्मीले गोल गरेपछि लाइप्जिकले जितको नजिता निकालेको हो।

जितसँगै अंक तालिकामा आइप्जिकको ५८ अंक छ। ऊ ५८ अंकका साथ तेस्रो स्थानमा छ। पछिल्ला केही खेलबाट तेस्रो स्थानको प्रतिस्पर्धा पेचिलो बनिरहेको छ।

सनिबार रातिको खेलमा लेवरकुसन फ्राइबर्गलाई हराउँदै तेस्रो स्थानमा उक्लियो। ऊ ५६ अंकका साथ तेस्रो स्थानमा थियो। त्यस्तै आइतबारको खेलमा ग्लाडबाखले युनियन बार्लिनलाई हराँदै तेस्रो स्थानमा उक्लियो। ग्लाडबाखले गोल अन्तरका आधारमा लेवरकुसालाई हराउँदे तेस्रो स्थान पाएको थियो।

त्यस्तै समान २९ खेल खेलेको लाइप्जिक गएरातिको खेलबाट तेस्रो स्थानमा उक्लिएपछि सो स्थानको प्रतिस्पर्धा पेचिलो बनेको हो।

प्रकाशित: Jun 02, 2020| 09:29 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।