एजेन्सी– इंग्लिस प्रिमियर लिगका क्लबहरुले अहिले लिग लिगको ‘समयावधि कटौती गरियो भने के हुन्छ’ भन्ने विषयमा छलफल गरिरहेका छन्। आजसम्म भएका छलफलमध्ये यसलाई महत्वपूर्ण मानिएको छ।
विस्तृत वार्तामा सबै क्लबका प्रतिनिधिलाई आफ्नो भनाइ राख्ने अनुमति दिइने छ। जसमा ‘सिजन नसकिने भयो भने के गर्ने, कस्तो लिग टेबल हुने’ भन्ने विषयमा क्लबका प्रतिनिधिले आफ्ना कुरा राख्ने छन्। तर यस विषयमा रेलिगेसन बाधा नहुने विश्वास गरिएको छ।
आजको बैठकबाट अबका केही चरणको समय तालिका, ब्रोडकास्टरसहित फिक्चर पनि निर्धारण गरिने छ।
प्रिमियर क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति
कोरोनापछि पुनः सुृरु हुने लिगका तयारीका लागि प्रिमियर क्लबले मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति पाएका छन्। तर खेलका ईएफएलले निश्चित गरेका नियमहरुको पूर्णरुपमा पालना गर्नुपर्ने छ।
प्रिमियर क्लबहरुले लिगअघि खेल खेल्न अनुमति मागेपछि ईएफएलले अनुमति प्रदान गरेको हो। यसरी क्लबले आयोजना गर्ने मैत्रीपूर्ण खेल स्टेडियम वा प्रशिक्षण मैदान जहाँ पनि गर्न सकिने छ।
टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण
टोटेनहमका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ। क्लबले उनलाई आगामी ७ दिनका लागि सेल्फ आइसोलेसनमा राखिने बताएको छ।
‘मेडिकल गोप्यताका कारण संक्रमितको नाम भने खुलाइएको छैन,’ क्लबले भनेको छ। पछिल्लो समयमा एक हजार एक सय ९७ टेस्ट गरिएकोमा उनलाई मात्र कोरोना संक्रमण देखिएको हो।
प्रिमियर लिगमा अहिले पाँचौ चरणको टेस्ट सकिएको छ। जसमा पाँच हजार ७९ टेस्ट गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ। प्रिमियर लिगका खेलाडी र कर्मचारीलाई अहिलो हप्तामा दुई पटक कोरोना टेस्ट गरिँदै आएको छ।
प्रिमियर लिग कोरोना भाइरस महामारीका कारण १३ मार्चदेखि स्थगित छ। १७ जुनदेखि फेरि शुरु हुने लिगमा शुरुमा म्यानचेष्टर सिटी र आर्सनलबीच खेल हुनेछ। यस्तै शेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल पनि हुनेछ। लिगमा अझै ९२ खेल बाँकी छ।
लिगमा लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा छ। लिभरपुलले सिटीमाथि २५ अंकको अग्रता बनाएको छ। लिभरपुललाई अब उपाधि जित्न २ जित आवश्यक छ।
यदि सिटी आर्सनलसँग पराजित भएमा लिभरपुले एक खेल जितेमात्रै उपाधि जित्नेछ। ३० वर्षयता लिभरपुल पहिलो उपाधिको नजिक छ।
च्याम्पियनसिपका ९ खेलाडीमा कोरोना
इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका ९ खेलाडीमा कोरोना पुष्टि भएको छ। तीन चरणमा भएको टेस्टको अन्तिम चरणमा उनीहरुमा कोरोना देखिएको हो।
पिस्टोन र शिफिल्डले बुधबार आफ्ना क्लबा एक खेलाडीलाई कोरोनाका भएको पुष्टी गरेका थिए। पहिलो र दोस्रो राउन्ड गरि च्याम्पियनसिपमा १० खेलाडी कोरोना संक्रमित पाइएका थिए।
अहिलेम्म च्याम्पियनसिपका एक हजार ९४ खेलाडी, प्रशिक्षक तथा कर्मचारीको कोरोना टेस्ट भएको छ।
च्याम्पियनसिपका खेलहरु २० जुनबाट सुरु हुँदैछन्।