मंगलबार, असार ३०, २०८३

वेस्ट इन्डिजका ३ खेलाडी इंग्ल्यान्ड नजाने

एजेन्सी– जुलाईमा इंग्ल्यान्डमा हुने टेस्ट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजका तीन खलाडी सहभागी नहुने भएका छन्।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

एजेन्सी– जुलाईमा इंग्ल्यान्डमा हुने टेस्ट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजका तीन खलाडी सहभागी नहुने भएका छन्।

कोरोना भाइरसको जोखिमका कारण उनीहरुले खेलमा सहभागी हुन नचाहेको बताएका छन्।

वेस्ट इन्डिजले ब्याट्सम्यान सिम्रन हेत्मेयर र ड्रेन ब्राभोका साथै अलराउन्डर किमो पाउलबाहेक अन्य २५ खेलाडीको टिम तयार गरेको छ।

प्रतियोगिता आउँदो जुलाई ८ बाट इंग्ल्यान्डमा बन्द रंगशालामा सुरु हुँदै छ। ८ जुलाईमा सुरु पहिलो टेस्ट १२ जुलाईसम्म चल्ने छ भने दोस्रो खेल १६–२० जुलाईमा हुने छ। त्यस्तै अन्तिम तथा तेस्रो खेल २४–२८ जुलाईसमम चल्ने छ।

वेस्ट इन्डिज क्रिकेट (सीडब्लूआई)का अनुसार केही दिनमै खेलाडीको कोरोना टेस्ट गरिने छ। र, आउँदो जुलाई ८ मा उनीहरु इंग्ल्यान्ड प्रस्थान गर्ने छन्। इंग्ल्यान्ड जाने खेलाडीमा १४ जनाको मुख्य टिमसहित ११ रिजर्भ खेलाडी छन्।

सीडब्लूआईले टिममा सहभागी हुन नचाहेका खेलाडीको निर्णयप्रति सम्मान गर्ने बताएको छ।

प्रकाशित: Jun 03, 2020| 18:56 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।