आइतबार, भदौ २८, २०८३

दुई करोडमा बनेको 'हनुमान अंश' को बक्स अफिसमा दुई सय करोड कमाई

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- भारतीय चलचित्र ‘हनुमान अंश’ ले प्रदर्शनको ३६औँ दिन १० करोड ५० लाख भारतीय रुपैयाँको खुद कमाइ गर्दै बक्स अफिसमा उल्लेख्य सफलता हात पारेको छ।

चलचित्रले भारतमा हालसम्म १७३ करोड ६३ लाख भारतीय रुपैयाँ खुद तथा २०५ करोड १५ लाख भारतीय रुपैयाँ कुल कमाइ गरेको छ। केवल २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको चलचित्रले आफ्नो लागतभन्दा सय गुणाभन्दा बढी कमाइ गरेको बताइएको छ।

चलचित्रले शुक्रबारको कमाइमा ‘मिर्जापुर द मुभी’ र ‘हैवान’लाई समेत पछि पारेको छ। ‘मिर्जापुर द मुभी’ले आठौँ दिन ९ करोड ५० लाख तथा ‘हैवान’ले पहिलो दिन ३ करोड भारतीय रुपैयाँ खुद कमाइ गरेका थिए।

‘हनुमान अंश’ले सुरुवातमा भने निकै कमजोर व्यापार गरेको थियो। ७ अगस्ट २०२६ मा प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन केवल १० लाख भारतीय रुपैयाँ कमाएको थियो। सुरुमा देशभर २५ पर्दामा मात्र प्रदर्शन भएको चलचित्र दर्शकको सकारात्मक प्रतिक्रियापछि क्रमशः लोकप्रिय बनेको थियो।

चलचित्रका निर्देशक विशाल चतुर्वेदी हुन्। उनले यसअघि सन् २०१३ मा ‘वर्निङ’ निर्देशन गरेका थिए। चलचित्रमा शोभिनव सत्य, चन्दन आनन्दलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको चर्चित गीत ‘मैने तेरे ही भरोसे हनुमान’ दृष्टिविहीन गायक सुनील लोढीले गाएका छन्।

प्रकाशित: Sep 13, 2026| 06:28 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्