काठमाडौं- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक ८ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, आ बाट आमा- २, बा: एक योद्धा, छ माया छपक्कै र १२ गाउँ- २ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो।
जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड ३ लाख १४ हजार कमाई गरेको छ। त्यस्तै यस फिल्मले ९ लाख ४४ हजार ८१७ टिकट बिक्री गरेको छ।
त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म १० करोड २३ लाख ५६ हजार कमाई गरेको छ भने यस चलचित्रका ३ लाख ६० हजार ५९३ टिकट विक्री भएका छन्। त्यसैगरी, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको फिल्म बा: एक योद्धाले अहिलेसम्म ३ करोड ५१ लाख ३९ हजार कमाई गरेको छ। यस फिल्मका एक लाख २६ हजार १८२ टिकट विक्री भएका छन्।
त्यस्तै, असोज ३० गतेबाट प्रदर्शनमा आएको आ बाट आमा- २ चलचित्रले बक्स अफिसमा ४ करोड ११ लाख ४६ हजार कमाई गरेको छ। यस चलचित्रका एक लाख ३१ हजार ४९१ टिकट विक्री भएका छन्। त्यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको छ माया छपक्कै २ ले अहिलेसम्म २ करोड ७६ लाख ३९ हजार कमाइ गरेको छ भने यस चलचित्रका ८२ हजार ७८९ टिकट विक्री भएका छन्।
त्यस्तै, असोज ३० गतेदेखि प्रदर्शनमा आएको १२ गाउँ २ ले अहिलेसम्म एक करोड ८३ लाख ९४ हजार कमाई गरेको छ। यस चलचित्रका हालसम्म ५७ हजार ९८३ टिकट विक्री भएका छन्।