सोमबार, कात्तिक ९, २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान ?

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ।

आज दिउँसो देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

प्रकाशित: Oct 26, 2026| 06:23 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्