सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • झापामा जमिनमुनिको डिजेल ट्यांकी पड्किंदा आगलागी, एक जना घाइते

झापामा जमिनमुनिको डिजेल ट्यांकी पड्किंदा आगलागी, एक जना घाइते

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

झापा- झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ। आइतबार साँझ भएको घटनामा टिफर चालक घाइते भएका छन्।

आइतबार साँझ करिब ७: ३० बजे कम्पनी परिसरमा रहेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा अचानक ट्याङ्की पड्किएर आगलागी भएको हो। उक्त ट्याङ्कीमा करिब ९ हजार ५०० लिटर हल्का डिजेल भण्डारण गरिएको थियो।

आगलागीमा परी प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरका चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ।

प्रकाशित: Oct 26, 2026| 08:33 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्