बिहीबार, कात्तिक ५, २०८३

बलिवुड फिल्म ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने

 |  बिहीबार, कात्तिक ५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ५, २०८३

काठमाडौं। निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ हलमा प्रदर्शनपछि ओटीटीमा पनि आउने भएको छ। निर्माता नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र जियोहटस्टारबीच भएको सम्झौताअनुसार चलचित्र उक्त डिजिटल माध्यमबाट प्रदर्शन गरिनेछ।

रणवीर कपुर, साई पल्लवी, यश र सनी देओललगायत कलाकारको अभिनय रहेको चलचित्रलाई ठूलो बजेटमा निर्माण गरिएको छ। यसको प्रदर्शनअघि प्रचारप्रसार पनि तीव्र पारिएको छ।

चलचित्र ओटीटीमा हेर्न दर्शकले नियमित सदस्यता शुल्कबाहेक अतिरिक्त रकम तिर्नुपर्ने जनाइएको छ। यसलाई ‘पे पर भ्यु’ प्रणालीअन्तर्गत उपलब्ध गराइनेछ, जसमा दर्शकले चलचित्र हेर्न छुट्टै पहुँच खरिद गर्नुपर्ने हुन्छ।

चलचित्र ५ नोभेम्बर २०२६ मा भारतभरका हलमा प्रदर्शन हुने तय भएको छ र फिल्मको एडभान्स बुकिंग शुरु भइसकेको छ। तर ओटीटीमा सार्वजनिक हुने मिति भने आधिकारिक रूपमा घोषणा गरिएको छैन। 

सामान्यतया हलमा प्रदर्शन भएको आठदेखि १० हप्तापछि चलचित्र ओटीटीमा आउने भएकाले ‘रामायण’ सन् २०२७ को जनवरीतिर जियोहटस्टारमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यसको डिजिटल प्रदर्शन मिति र शुल्कबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित: Oct 22, 2026| 15:54 बिहीबार, कात्तिक ५, २०८३
प्रतिक्रिया दिनुहोस्