बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • आँसु, संघर्ष र देशप्रेमको कथा बोकेको सुमन राईको सांगीतिक फिल्म ‘ए देश’ को चर्चा

आँसु, संघर्ष र देशप्रेमको कथा बोकेको सुमन राईको सांगीतिक फिल्म ‘ए देश’ को चर्चा

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं ।  गायक सुमन राईको स्वर तथा संगीतमा तयार भएको सांगीतिक फिल्म ‘ए देश’ सार्वजनिक भएको छ। देशको वर्तमान अवस्था, बाढीपहिरोले निम्त्याएको पीडा, युवाको बाध्यता र मातृभूमिप्रतिको प्रेमलाई समेटिएको सांगीतिक फिल्मले कठिन परिस्थितिमा पनि आशा र सकारात्मक परिवर्तनको सन्देश दिएको छ। शिव राईको शब्द रहेको गीतमा गायक सुमन राई स्वयंले अभिनय गरेका छन्। उनलाई अभिनेत्री बिमला खजुम लिम्बुले साथ दिएकी छन्।

सांगीतिक फिल्ममा नेपालले पछिल्लो समय भोग्नुपरेको बाढीपहिरो र असहज परिस्थितिले निम्त्याएको पीडालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। एउटा परिवारले संघर्षका क्रममा भोग्नुपर्ने आरोह-अवरोह, दुःख र विरहको कथालाई भिडियोमा समेटिएको गायक राईले बताए। 

गायक राईका अनुसार ‘ए देश’ गीत तथा भिडियोमा मात्र सीमित नभई कठिन परिस्थितिमा पनि आशा, हिम्मत र सकारात्मक परिवर्तनप्रतिको विश्वास जगाउने प्रयास हो। नितिन चन्द ठकुरीको निर्देशनमा तयार भएको सांगीतिक फिल्ममा सुमन राई र बिमला खजुम लिम्बुका अलावा प्रचण्डबाबु राई, लक्ष्मी लामसोङ्ग, रेगीना कट्टेल, मन बहादुर केत्रा, रोहित सिंह ठकुरी र बालकलाकार सिलिमा केत्राको अभिनय रहेको छ। सिलिमा गायक सुमन राईकै छोरी हुन् । बालकलाकार सिलिमाको अभिनयलाई दर्शकले रुचाएका छन् । 

करिब एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संखुवासभाका गायक सुमन राईले यसअघि ‘आउन माया’, ‘हो कि भनेर’ लगायतका गीतमार्फत चर्चा बटुलेका थिए। पेशाले इन्जिनियरसमेत रहेका राईले सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन्।

प्रकाशित: Oct 15, 2026| 17:35 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्