आइतबार, भदौ २८, २०८३

नेतन्याहुको कपाल र मेकअपमा ७ वर्षमा ७ करोड खर्च

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कपाल मिलाउने र मेकअपमा सन् २०१९ देखि सन् २०२६ को अगस्टसम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् करिब ७ करोड १७ लाख रुपैयाँ खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ।

सूचनाको हकअन्तर्गत सार्वजनिक गरिएको विवरणअनुसार उक्त खर्चको करिब ९० प्रतिशत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारासँग सम्बन्धित रहेको बताइएको छ। सन् २०२५ मा मात्रै यस्तो खर्च करिब १ लाख ११ हजार डलर पुगेको थियो।

सन् २०२३ मा युद्ध सुरु हुँदासमेत कपाल र शृंगारमा करिब १ लाख ३ हजार डलर खर्च भएको थियो। नेतन्याहुको विदेश भ्रमणका क्रममा पनि यस्तो खर्च भएको अभिलेखमा उल्लेख छ।

सरकारले भने प्रधानमन्त्रीका कपाल मिलाउने व्यक्ति र मेकअप गर्नेको नाम सार्वजनिक गरेको छैन। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही विवरण तथा कपडा, गहना र छवि परामर्शसम्बन्धी खर्चसमेत सार्वजनिक नगरिएको जनाइएको छ।

प्रकाशित: Sep 13, 2026| 05:48 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्