बुधबार, कात्तिक ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • स्पेनमा दुई तीव्रगतिक रेल ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु

स्पेनमा दुई तीव्रगतिक रेल ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु

 |  बुधबार, कात्तिक ११, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं। स्पेनको राजधानी म्याड्रिडलाई दक्षिणी अन्डालुसिया क्षेत्रसँग जोड्ने रेलमार्गमा दुई तीव्रगतिको रेल ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

रेल सञ्चालक संस्था एडिफले दुर्घटनाबारे जानकारी दिदै स्थानीय समयअनुसार बिहान ९ बजेपछि रेन्फे र इर्यो कम्पनीका रेल ठोक्किएका थिए। दुर्घटनामा इर्यो रेलका दुई डिब्बा लिकबाट खसेका छन्। दुर्घटनाको कारण र घाइतेको सङ्ख्याबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

दुर्घटनापछि म्याड्रिड–अन्डालुसिया तीव्रगतिको रेलमार्गमा यातायात रोकिएको छ। उद्धार तथा आपत्कालीन सेवाले यात्रु र घाइतेलाई राख्न नजिकैको उर्दा सहरमा खेलकुद हलसहितका आवश्यक स्थान तयार पारेका छन्।

यसअघि जनवरीमा पनि सोही रेल सञ्चालकको तीव्रगतिको रेल दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि स्पेनमा रेलमार्गको मर्मतसम्भार र सुरक्षामा गरिएको लगानीबारे बहस चर्किएको थियो।

प्रकाशित: Oct 28, 2026| 18:05 बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्