आइतबार, भदौ २८, २०८३

के हो सामाजिक सञ्जालमा 'ट्रेण्ड ८०' ?

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- सामाजिक सञ्जालमा अहिले कृत्रिम बौद्धिकताको प्रयोगबाट बनाइएका १९८० को दशकको शैलीका तस्बिर भाइरल भइरहेका छन्। सर्वसाधारणदेखि राजनीतिज्ञ, खेलाडी तथा चलचित्र क्षेत्रका कलाकारसम्मले आफ्ना पछिल्ला तस्बिरलाई पुरानो समयको आकर्षक शैलीमा बदलिरहेका छन्।

यस क्रममा कृत्रिम बौद्धिकताले व्यक्तिको अनुहार र छालाको रङजस्ता मुख्य पहिचानलाई कायम राख्दै कपालको शैली, पोसाक, चस्मा, गरगहना, पृष्ठभूमि र प्रकाशमा ८० को दशकको झल्को दिने परिवर्तन गर्छ। तस्बिरमा पुरानो क्यामेराबाट खिचिएको जस्तो दाना, हल्का पहेँलो–खैरो रङ र नरम प्रकाशसमेत थपिने गरेको छ।

यो प्रवृत्तिमा मानिसहरूले आफ्ना तस्बिरलाई पुरानो पारिवारिक तस्बिर, चलचित्रको दृश्य, पत्रिकाको आवरण, विवाहको तस्बिर वा ८० को दशकको चलचित्र तथा नृत्य संस्कृतिको शैलीमा रूपान्तरण गरिरहेका छन्। ठूला र बाक्ला कपाल, घुँघराले कपाल, कम्मरमाथि लगाइने पोसाक, ठूलो आकारका घामका चस्मा तथा आकर्षक गरगहना यस शैलीका प्रमुख विशेषता बनेका छन्।

यसका लागि सामान्य तस्बिरलाई कृत्रिम बौद्धिकता आधारित तस्बिर निर्माण सेवामा राखेर आफूले चाहेको शैलीबारे निर्देशन दिन सकिन्छ। अनुहारको पहिचान कायम राख्दै ८० को दशकको पोसाक, कपाल, प्रकाश, पृष्ठभूमि र पुरानो तस्बिरको बनावट समेट्न आग्रह गरेपछि कृत्रिम बौद्धिकताले सोहीअनुसार तस्बिर तयार गर्छ। यसका लागि व्यावसायिक तस्बिर सम्पादनको सीप आवश्यक नपर्ने भएकाले यो प्रवृत्ति सामाजिक सञ्जालमा अझ लोकप्रिय बनेको छ।

प्रकाशित: Sep 13, 2026| 07:35 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्