एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले घरेलु टोली पार्डाबोविरुद्ध ६–१ गोलअन्तरको सानदार जित निकालेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा डर्टमुन्डले गोलवर्षा गरेको थियो। जितका लागि जोडन सान्जेले ह्याट्रिक गरे भने थोरगन हजार्ड, अचिरिफ हाकिमी र मार्सेल स्खिमल्जेरले एक–एक गोल गरे।
डर्टमुन्डका लागि हजार्डले ५४ औं मिनेटमा पहिलो गोल गरेका थिए। हजार्डको गोललगत्तै ५७ औं मिनेटमा सान्जेले टिमको दोस्रो गोल गरे।
सान्जेले नै पुनः ७४ औं मिनेटमो अर्को गोल थपे। त्यसपछि हाकिमीले ८५ औं मिनेटमा र स्खिमल्जरले ८९ औं मिनेटमा गोल गरे। खेलको इन्ज्युरी समयमा सान्जेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।
खेलमा हारको समाना गरेको घरेलु टोली वार्डाबोनका उही हुनेमेरेले ७२ औं मिनेटमा पेनाल्टीमार्फ सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन सकेन।
लिगमा १८ औं जितसँगै डर्टमुन्डले शीर्ष स्थानको बायर्नसँग अंकदुरी घटाएको छ। उसको २९ खेलमा ६ बराबरी ५ हारका साथ ६० अंक बनाएको छ भने बायर्नको ६७ अंक छ।
त्यस्तै गएराति सम्पन्न अर्को खेलमा मोन्चेनग्लाडबाखले युनियन बर्लिनमाथी ४–१ गोलअन्तरको जित निकालेको छ। जितका लागि मार्कस थुरामले दुई गोल गरे भने फ्लोरियन नेहाउस र अल्सान पियले एक÷एक गोल गरे।
जितसँगै मोन्चेनग्लाडबाख अंक तालिमामा तेस्रो स्थानमा उक्लिएको छ। उसको ५६ अंक छ भने चौथो स्थानमा रहेको लिवरकुसनको पनि समान ५६ अंक छ।
मोन्चेग्लाडबाख गोलअन्तरका आधारमा अगाडि रहेको हो।