मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगा : ६ खेलमध्ये २ खेलमा घरेलु टिमको जित

हिजै भएको पाँचौ खेलमा घरेलु टोली हेर्था बर्लिनले आउग्सबर्गलाई २–०को गोलअन्तरले हराएको छ। घरेलु टोलीले २३ औं र इन्ज्युरी समयमा गोल गर्दै पहुना टोलीलाई हराएको हो।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

एजेन्सी– बुन्डेसलिगा अन्तर्गत हिजो (दिउँसो र राति) सम्पन्न ६ खेलमध्ये ४ खेलमा पाहुना टोली विजयी भएको छ। कोरोना महामरीका कारण रंगशालामा समर्थकको प्रवेशमा रोक लगाएका कारण घरेलु टिमको जितमा असर परेको फुटबल पण्डितले बताउँदै आएका छन्।

हिजो विहान भएको खेलमा पाहुना टोली लेवरकुसनले घरेलु टिमलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको थियो। संघर्षपूर्ण जित निकालेको लेवरकुसन जितसँगै लिगको तेस्रो स्थानमा उक्लिएको थियो।

साँझ सम्पन्न अर्को खेलमा रेलिगेशसन जोनको भेरडाआ ब्रेमेनसँग नवौं स्थानको घरेलु एवम् बलियो टिम साल्के पराजित भएको छ। नपाली समय अनुसार साँझ सवा सातमा सुरु भिएको खेलमा साल्के १–० गोलअन्तरले पारजित भएको हो।

खेलको ३२ औं मिनेटमा भेरडाआका लियोनार्दो बितेन्कोर्टले सुरुवाती गोल गरेका थिए। उनले गोल गरेपछि घरेलु टोली साल्के दबावमा आएको थियो। तर उसले खेलको अन्तिम मिनेटसम्म पनि स्कोर गर्न नसेपछि लियोनार्दोको गोल नै निर्णायक गोल बन्यो।

जितसँगै भारडाआको अंक तालिकामा ३ अंकले सुधार भएको छ। उसले २७ खेलमा ६ जितका साथ २५ अंक बनाएको छ। अंक सुधार गरे तापनि स्थानमा भने सुधार भएको छैन्। ऊ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

उता हारको सामना गरेको साल्के ३७ अंकका साथ नवौं स्थानमा छ।

त्यस्तै अर्को खेलमा घरेलु टिम माइन्जलाई हराउँदै होफेनहाइमले १–० गोलअन्तरको जित निकालेको छ। जितका लागि इहाल्स बेबोउले गोल गरे।

जितसँगै होफेहाइमले ४२ अंक बनाएको छ। तर स्थानमा भने सुधार गर्न सकेन। उ लिगको सातौं स्थानमा छ।

हिजै भएको चौथो खेलमा १२ औं स्थानको आइनट्राख्ट फ्रान्कफुर्टले छैटौं स्थानको वोल्फ्सबर्गलाई हराएको छ। उसले घरेलु टोली वोल्फ्सबर्गविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो।

फ्रान्कफुर्टका लागि आन्द्रे सिल्वाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै सुरुवाती गोल गरे भने दैची कमाडाले दोस्रो गोल गरे। वोल्भस्बर्गका केविन एमबाबुले ५८ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए तापनि ८५ औं मिनेटमा पुनः एक गोलले पछि पर्यो।

हिजै भएको पाँचौ खेलमा घरेलु टोली हेर्था बर्लिनले आउग्सबर्गलाई २–०को गोलअन्तरले हराएको छ। घरेलु टोलीले २३ औं र इन्ज्युरी समयमा गोल गर्दै पहुना टोलीलाई हराएको हो।

बायर्नको सानदार जित

हिजोको अन्तिम खेलमा लिगलिडर बायर्न म्युनिखले फोर्टुना डुसलडोर्फसँग ५–० गोअलन्तरले जित निकालेको छ।

राति १०ः१५ बजेबाट बायर्नको घरेलु मैदान सुरु भएको खेलमा घरेलु टिमले रेलिगेसन जोनमा रहेको टिमसँग सानदार जित निकालेको हो।

पाहुना टोलीका लागि सुरुवाती गोल नै दुभाग्र्य रह्यो। डुसलडोर्फका माथियास जोर्गेन्सनले खेलको १५ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि बायर्नले एक गोल उपहार स्वरुप पाएको थियो।

पहिलो हाफमा भएको दोस्रो तर तेस्रो गोल भने बेन्जामिन पवार्ड र रोबर्ट लेवान्डोस्कीले क्रमशः २९ औं र ४३ औं मिनेटमा गरे।

पहिलो आफमा ३ गोलले अघि रहेको विजेता टोलीका तर्फबाट लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गरे भने अल्फान्सोले खेलको अन्तिम गोल गरे।

जितसँगै बायर्नले दोस्रो स्थानको डर्टमुन्डसँग १० अंकका अग्रता बनाएको छ। उसले २९ खेलमा २१ जित र ४ बराबरीका साथ ६७ अंक बनाएको छ भने एक खेल कम खेलेको डर्टमन्डको ५७ अंक छ।

हिजो सम्पन्न ६ खेलमध्ये हेर्था बर्लिन र बायर्नले घरेलु मैदानमा जित निकाले भने लेवरकुसन, होफेनहाइम, फ्रान्कफ्रुट र भेरडाआ ब्रेमेनले अवे मैदानमा जित निकाले।

बुन्डेसलिगामा आजका खेल
१. मोन्छेनग्लाडबाख र युनियन बर्लिन राति सवा ७ बजे
२. पार्डाबोन र डर्टमुन्ड राति पौने १० बजे

प्रकाशित: May 31, 2020| 08:47 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।