मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगा : फ्रान्कफर्टको सहज जित

एजेन्सी– जर्मनी बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा आइन्ट्राक्ट फ्रान्कफर्टले भेरडाआ ब्रोमेनलाई ३–० को गोलअन्तरले हराएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

एजेन्सी– जर्मनी बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा आइन्ट्राक्ट फ्रान्कफर्टले भेरडाआ ब्रोमेनलाई ३–० को गोलअन्तरले हराएको छ।

भेरडाआको घरेलु मैदान वेसर रंगशालामा सम्पन्न खेलको महिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि पाहुना टोलीले तीनै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो।

जितका लागि आन्द्रे सिल्वाले एक गोल र स्टेफन एलसन्करले दुई गोल गरे। सिल्वाले खेलको ६१ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै एलसन्करले ८१ औं र खेलको अन्तिम मिनेटमा गोल गर्दै जितलाई ३–० मा पुर्याए।

जितसँगै फ्रान्कफ्रट एक स्थान माथि (११औं स्थानमा) उक्लिएको छ। उसले २९ खेलमा १० जित र ५ बराबरी खेलेर ३५ अंक बनाएको छ। १० औं स्थानको साल्केको ३७ अंक छ भने

१२ औं स्थानको कोल्न फ्रान्कफ्रटभन्दा एक अंकले पछि छ। खेलमा हारको समाना गरेको भारडाआ भने रेलिगेसन जोनमा छ।

प्रकाशित: Jun 04, 2020| 08:36 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।