मंगलबार, असार ३०, २०८३

अस्ट्रियन कप फुटबल : साल्जबर्गलाई सातौं उपाधि

रेडबुल साल्जबर्गले सातौं पटक अस्ट्रियन कप फुटबलको उपाधिमा कब्जा जमाएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

कोरोना भाइरस (कोभिड-१९)का महामारीबीच विस्तारै खेल गतिविधि सुरु हुन थालेका छन्। अस्ट्रियन कप फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल सम्पन्न भयो।

प्रतियोगितामा रेडबुल साल्जबर्गले सातौं पटक अस्ट्रियन कप फुटबलको उपाधिमा कब्जा जमाएको छ। फाइनलमा साल्जबर्गले लुस्तेनाउलाई ५–० गोलअन्तरले हराउँदै उपाधि कब्जा गरेको हो।

खेलको सुरुबाटै विजेता टोलीले विपक्षीलाई दबाबमा राखेको थियो। नतिजास्वरुप पहिलो हाफमै साल्जबर्गले दुई गोलको अग्रता बनाउन सक्यो। त्यस्तै, उसले दोस्रो हाफमा पनि दबाब कायम गर्दै तीन गोल थपेको थियो।

उपविजेता टोलीले खेलमा फर्कन दह्रो संघर्ष गरे पनि सफल भएन।

प्रतियोगिता सकिएपछि सामाजिक दुरी कायम राखेर विजयोत्सव मनाइएको छ। खेलाडी र अफिसियलले सामाजिक दुरीको नियमको पालना गरेका थिए।

त्यस्तै, उपविजेता टोलीका खेलाडीलाई पनि आयोजकले मेडल लगाइदिएनन्। खेलाडीले आफैं मेडल लगाएका थिए।

एजेन्सी

प्रकाशित: May 31, 2020| 13:33 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।