मंगलबार, असार ३०, २०८३

ला लिगा जुन ११ बाट सुरु हुने

स्पेनको शीर्ष लिग ला लिगा आउँदो जुन ११ बाट सुरु हुने भएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

स्पेनको शीर्ष लिग ला लिगा आउँदो जुन ११ बाट सुरु हुने भएको छ। कोरोना भाइरस (कोभिड-१९)को महामारीबीच सुरु हुने लिगको पहिलो खेलमा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने तय भएको छ।

लिगको आयोजकले कोरोनालाई मध्यनजर गरेर जुलाईको १८/१९ सम्ममा सम्पन्न गर्ने गरी लिग सुरु गर्ने बताएको हो।

स्पेन सरकारको खेल विभागले ला लिगा र स्पेनिस सरकार फेडेरेसनसँग खेलबारे सम्झौता गरेको छ। त्यस्तै, मार्च १२ बाट स्थगित भएको खेल आउँदो जुन ८ बाट सुरु हुने स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले भनेका थिए।

“सिजन सक्नु नै अहिलेको महत्त्वपूर्ण कुरा हो। यसबाहेक हामीसँग नयाँ सिजन सुरु गर्ने काम मात्र बाँकी हुनेछ,” ला लिगामा अध्यक्ष जाभियर तेवासले भने।

सेभिल्ला डर्बीको खेल जुन ११ मा गरिए पनि अन्य खेल भने त्यसपछिको सप्ताहन्तबाट सुरु हुनेछन्।

ला लिगमा ९२ खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडभन्दा २ अंकले अगाडि छ।

जे लिग जुलाई ४ बाट

जापानको शीर्ष डिभिजनको जे लिग आउँदो जुलाई ४ बाट सुरु हुने भएको छ। कोरोनाको महामारीकै कारण स्थगित भएको जे लिग आउँदो जुलाईको पहिलो हप्ताबाट सुरु हुन लागेको हो।

जे लिग ४ महिनापछि पुनः सुरु गर्न लागिएको हो। लिगका अध्यक्ष मिसुरइ मराइले भने, “हामीले शीर्ष डिभिजनको खेल जुलाई ४ बाट पुन सुरु गर्ने निर्णय गर्याैं। त्यस्तै अन्य डिभिजनका फुटबल पनि जुन अन्तिमसम्म मैदान फर्काउने तयारी छ।”

एजेन्सी

प्रकाशित: May 30, 2020| 15:14 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।