मंगलबार, असार ३०, २०८३

विवादित अभिव्यक्तिप्रति एन्फा अध्यक्षले मागे माफी

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

एक अनलाइनलाइ दिएको अन्तर्वार्तामा उनले कुनै सम्प्रदाय विरोधी अभिव्यक्ति दिएका थिए। त्यसको सर्वत्र आलोचना भएपछि अध्यक्ष शेर्पाले माफी मागेका हुन्।

शेर्पाको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा पनि सांसदहरुले उनीमाथि कडा कारबाही गर्न माग गरेका थिए। त्यस्तै मंगलबार सम्पन्न एन्फा कार्यसमिति बैठकमा उनको राजीनामा माग गरिएको थियो।

अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो आशय कुनै धर्म, भाषा लिंग, वर्ग र समुदायलाई ठेस पुर्याउने नभएको र कसैलाई चोट पुग्न भएको भए माफी चाहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘मैले खेलबाहेक कुनै गलत मनासाय राखेर क्षेत्र, प्रदेश वा भूगोललाई होच्याउने र नकरात्मक सन्देश प्रवाह गर्न खोजेको छैन।’

प्रकाशित: Jun 03, 2020| 21:05 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।