मंगलबार, असार ३०, २०८३

सिरी ए : नयाँ खेल तालिका कसिलो, ५ दिन मात्र ब्रेक

नयाँ खेल तालिका अनुसार बाँकी रहेका १२ चरणका लागि सबैजसो दिन खेल राखिएको छ। ६ हप्ता चल्ने खेलमा ५ दिनमात्र ब्रेक दिइएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

इटालियन लिग सिरी ए यही जुन २० बाट पुनः सुरु भएर अगस्ट २ सम्म चल्ने पक्का भएको छ। मार्च ९ बाट स्थगित गरिएको लिग छोटो समयमा कसिलो खेल तालिकाका साथ खेल सुरु गर्न लागिएको हो।

त्यहाँको सरकारले गत बिहीबार खेल पुनः सञ्चालन गर्ने स्विकृति दिएपछि लिग सुरु हुन लागेको हो।

सिरी एका टिमले कोरोनापछि पुनः सुरु भएको लिगमा प्रत्येक साता दुई खेल खेल्नुपर्नेछ। सोमबार सार्वजनिक गरिएको खेल तालिकामा यस्तो देखाइएको छ।

नयाँ खेल तालिका अनुसार बाँकी रहेका १२ चरणका लागि सबैजसो दिन खेल राखिएको छ। ६ हप्ता चल्ने खेलमा ५ दिनमात्र ब्रेक दिइएको छ। सप्तान्तका खेलहरु शनिबारबाट सोमवारसम्म चल्नेछन् भने मध्य हप्ताका खेलहरु मंगलबारबाट बिहीबारसम्म सञ्चालन हुनेछन्।

नेपाली समयअनुसार खेल राति ११ः१५ र १ः३० मा हुनेछन् भने कुनै खेल राति ९ बजे पनि हुनेछ।

लिगलिडर युभेन्ट्स र दोस्रो स्थानमा रहेको लाजियोको खेल भने जुलाई २० मा छ। यो खेलले सम्भावित विजेता इंकित गर्ने भएकाले सिरी एमा धेरै प्रशंसकले प्रतीक्षा गरिने खेलका रुपमा लिइन्छ।

महामारीका कारण रोकिएको लिगमा युभेन्ट्स ६३ अंकका साथ नवौं उपाधिको दौडमा छ भने लाजियो एक अंक पछि रहेर युभेन्ट्सलाई पछ्याइरहेको छ।

तेस्रो र चौथो स्थानमा रहेको इन्टर मिलान र एटलान्टाको क्रमशः ५४ र ४८ अंक छ।

एजेन्सी

प्रकाशित: Jun 02, 2020| 10:03 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।