मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फाको वार्षिक बजेट ७० करोड ४१ लाख, फिफासँग १ करोड २० लाख सहयोग मागिने

एन्फाको वार्षिक बजेट ७० करोड ४१ लाख, फिफासँग १ करोड २० लाख सहयोग मागिने

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले भिडियो कन्फरेन्स बैठक मार्फत संघको वार्षिक बजेट पारित गरेको छ। संघले आउँदो आर्थिक वर्ष २०७७–७८को लागि ७० करोड ४१ लाख १९ हजार ६८५ रुपैयाँको बजेट पारित गरेको हो।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले भिडियो कन्फरेन्स बैठक मार्फत संघको वार्षिक बजेट पारित गरेको छ। संघले आउँदो आर्थिक वर्ष २०७७–७८को लागि ७० करोड ४१ लाख १९ हजार ६८५ रुपैयाँको बजेट पारित गरेको हो।

कोषाध्यक्ष रविन्द्र जोशीले प्रस्तुत गरेको बजेट संघबाट पारित गरि आगामी साधारण सभामा पेस गरिने एन्फाले जनाएको छ।

एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग एक लाख डलर (एक करोड २० लाख रुपैयाँ)को सहयोग माग गर्ने भएको छ। सामाजिक उत्तरदायित्व समितिका संयोजक उत्तम राजभण्डारीसहित रुपेश राई र कोभिड–१९ संक्रमण राहत समिति संयोजक रत्न कुमार श्रेष्ठको समितिले पेस गरेको प्रतिवेदनको आधारमा फिफासँग यस्तो सहयोग माग गर्न लागिएको हो।

फिफाबाट प्राप्त हुने सहयोग जिल्ला फुटबल संघ, विभिन्न डिभिजनका क्बलहरु, कर्मचारी, रेफ्री, मोफसल फुटबलका आयोजक र खेलाडीलाई प्रदान गरिने छ।

एन्फाले अनुशासन सम्बन्धमा पनि छलफल गरेको छ। उसले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्ततम थापालाई गरेको कारबाही एन्फा कंग्रेस बैठक सम्मका लागि जारी राखेको बताएको छ। एन्फाले संघको विधानको धारा १४ को उपधारा १(क) विपरितको काम गरेको भन्दै कारबाही गरेको हो।

अब एन्फा कंग्रेसको बैठक आगामी भाद्र १५ गते सोमबार बस्ने छ। तर सो अवधिसम्म पनि कोभिड–१९ महामारी नरोकिएमा फिफा र एएफसीबाट मान्यता प्राप्त भर्चुअल माध्यमद्वारा १९ औं अर्डिनरी कंग्रेस बैठक(साधारण सभा) बस्ने एन्फाले बताएको छ।

प्रकाशित: Jun 01, 2020| 21:19 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।