मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्ड वेस्ट इन्डिज सिरिजको तालिका जारी, पहिलो खेल ८ जुलाईमा

इंग्ल्यान्ड वेस्ट इन्डिज सिरिजको तालिका जारी, पहिलो खेल ८ जुलाईमा

एजेन्सी– कोरोना भाइरसपछि पहिलो क्रिकेट टेस्ट प्रतियोगिता इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच ८ जुलाईमा साउथह्याम्टनको एजिस बलमा खेलिने भएको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

एजेन्सी– कोरोना भाइरसपछि पहिलो क्रिकेट टेस्ट प्रतियोगिता इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच ८ जुलाईमा साउथह्याम्टनको एजिस बलमा खेलिने भएको छ।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार वेस्ट इन्डिजविरुद्ध घरेलु सिरिजको तीन टेस्ट खेलको तालिका जारी गरेको हो।

तीनै खेल संक्रमणरहित मैदानमा गरिनेछ। तर दर्शकको उपस्थिति भने हुने छैन।

तालिका अनुसार पहिलो खेल ८–१२ जुलाईसम्म एजिसमा हुने छ जबकी अन्य दुई टेस्ट ओल्ड ट्राफर्डमा १६–२० जुलाई र २४–२८ जुलाईमा खेलिने छ।

अफ्रिकन टिम वेस्ट इन्डिज टेस्टको समयमा तीन हप्ता ओल्ड ट्राफोर्डमा रहने छ। इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)ले एक बयानमा भनेको छ, ‘वेस्ट इन्डिज टिम टेस्ट सिरिजको लागि एक महिना पहिले (९ जुन) इंग्ल्यान्ड आउने छ।

टिमले ओल्ड ट्राफोर्ड मैदानमा प्रशिक्षण गर्ने छ। उनीहरुलाई तीन हप्ताका लागि त्यहीँ राखिने छ। यस दौरान खेलाडी क्वारेन्टिनमा रहने छन्। त्यसपछि पहिलो खेलका लागि एजिस जाने छन्।’

यद्यपि खेलका लागि सरकारी स्वीकृति आवश्यक भएको आयोजकले बताएको छ। ईसीबीका इभेन्ट डाइरेक्टरले भने, ‘हाम्रो मुख्य उद्देश्य खेलाडी, प्रशिक्षक र ग्राउन्ड मेनलाई सुरक्षित राख्नु हो। त्यसैले हामी लगातार सरकार र मेडिकल टिमको सम्पर्कमा छौं। यो प्रस्ताव गरिएको सेड्युलमात्र हो। यसलाई सरकारी मञ्जुरीले नै अन्तिम रुप दिनेछ।’

प्रतियोगिताका लागि इंग्ल्यान्डले ५५ खेलाडीका लागि आउटडोर प्रशिक्षण र अभ्यासका लागि अनुमति दिएको छ।

प्रकाशित: Jun 03, 2020| 11:14 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।