मंगलबार, असार ३०, २०८३

रियल मड्रिडले ला लिगा जित्ने कप्तान रामोसको दाबी

पछिल्लो सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले क्याटालान क्लब बार्सिलोनालाई जित्न सकेन।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

एजेन्सी – पछिल्लो सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले क्याटालान क्लब बार्सिलोनालाई जित्न सकेन। त्यसैले ऊ लिग तालिकाको दोस्रो नम्बरमा सिमित भयो।

यो सिजनमा पुनः सुरु हुँदै गरेको खेलमा भने मड्रिडले ला लिगा जित्ने गरी आउने कप्तान सर्जियो रामोसको दाबी छ। स्पेनमा कोरोनाको महामारीपछि फुटबल मैदान फर्कने तयारीमा छ। आउँदो ११ जुनबाट स्पेनमा फुटबल गतिबिधि सुरु हुँदैछन्।

अब सुरु हुन लागेको लिगमा ११ खेल बाँकी छन्। त्यसैले रियलले संयमित भएर खेल्नु पर्नेछ। मार्चमा लिग स्थगित हुनुअघि भने रियलले रियल बेटिससँग हारको सामना गर्नुपरेको थियो। उसले २–१को गोलअन्तरले अवे मैदानमा हारको सामना गरेका थियो।

रियल मड्रिडमा लामो समय विताएका रामोस युरोपियन फुटबलमा पछिल्लो समय केन्द्रमा रहेका छन्। अब उनी आफू नयाँ लालिगा विजेता बन्ने समय आएको बताउँछन्।

रामोसले मड्रिडमा १५ वर्षको लामो समय विताए पनि ४ मात्र ला लिगा जित्न सफल भएका छन्। उनको नेतृत्वमा रहेको टोलीले सन् २००७, २००८, २०१२ र २०१७ मा ला लिगा जितेको थियो।

त्यस्तै ४ च्याम्पियन्स लिग पनि जितेका छन्।

मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेसमेत उनलाई अहिले रियलको पिलरको रुपमा लिन्छन्। त्यसैले पनि रियलका समर्थकदेखि अफिसियल र सहकर्मीको उनीप्रति आशा र भरोषा धेरै छ।

जारी सिजनको उपाधिले रामोसको भविष्यसमेत निर्धारण गर्ने छ। रियलमा उनको सम्झौता सन् २०२१ मा सकिँदै छ।

त्यसपछिको उनको खेल जीवन कस्तो हुने यसले निर्धारण गर्ने युरोपिन मिडियाले बताउँदै आएका छन्।

यता क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि उनलाई राम्रो खेल्न र खेलमा फोकस गर्न सल्लाह दिँदै फेरि एकपटक लिग विजेता बन्ने इच्छा रहेको बताएका छन्।

प्रकाशित: Jun 04, 2020| 17:44 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।