बिहीबार, भदौ १८, २०८३

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। 

विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।  मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको थियो। त्यस्तै, मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए। त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए। 

नेपालले यसअघि बहराइनलाई पराजित गरेको थियो। प्रतियोगितामा अब नेपालले तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ। यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

प्रकाशित: Sep 03, 2026| 11:58 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्