मंगलबार, असार ३०, २०८३

अनलाइन कुङफूमा नेपाललाई ४ स्वर्णसहित ७ पदक

काठमाडौं– अन्तर्राष्ट्रिय पानडामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफू खेलाडीले चार स्वर्णसहित ७ पदक जितेका छन्। अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णसहित २ रजत र १ कांस्य नेपाली खेलाडीले जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले बताएका छन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं– अन्तर्राष्ट्रिय पानडामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफू खेलाडीले चार स्वर्णसहित ७ पदक जितेका छन्। अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णसहित २ रजत र १ कांस्य नेपाली खेलाडीले जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले बताएका छन्।

कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए। पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन ट्रेडिसनल वेपनमा काश्य हात पारे। सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे।

महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन्। महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते।

वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी)को आयोजना सम्पन्न प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो। प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २३३ खेलाडी सहभागी भएका थिए।

नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन्। खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको भिडियो(श्रब्यदृष्य) डब्लुएमएसीमा पठाउनु पर्ने थियो। एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो। एकभन्दा बढी स्पर्धामा भाग लिनु पर्ने भए अत्तिरिक्त ५ युरो तिर्नु पर्ने थियो।

डब्लुएमएसीले कोरोना भाइरस(कोभिड– १९)का कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि भर्चुअल प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले जानकारी दिए।

प्रकाशित: Jun 02, 2020| 12:29 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।