अस्ट्रेलियन क्रिकेट (सीए)ले यही महिनाको अन्त्यबाट क्रिकेट प्रशिक्षण सुरु गर्ने बताएको छ। सिएका प्रमुख मेडिकल अधिकारी एवं खेल विज्ञान प्रमुखको निगरानीमा प्रशिक्षण सुरु गरिने बताइएको हो।
एजेन्सी– न्युट्रल भेन्यूमा खेल नगर्ने भए प्रिमियर लिग रद्द हुने सम्भावना देखिएको छ। क्लब मेनेजर्स एसोसिएसन (एलएम)का प्रमुख कार्यकारी रिचार्ड बेभानले क्लबले न्यूट्रल भेन्यूमा खेल्न नमाने लि गद्द हुने बताएका...
इंग्ल्यान्ड र स्कटल्यान्डका राष्ट्रिय टिमका खेलाडीले सन् २०१८ सेप्टेम्बर यताको म्याच फी राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) लाई दिएका छन्। उनीहरुले एनएचएसले राम्रो काम गरेको भन्दै सहयोग गरेका हुन्।
एजेन्सी– इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले द हन्ड्रेड प्रतियोगिता रद्द गरेसँगै खेलाडीसँगको सम्झौता पनि रद्द गरेको छ। ईसीबीले पहिलो संस्करणको १००–१०० बलको क्रिेकट प्रतियोगिता आयोजना गरेको थियो।
इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबको प्रशिक्षणमा समावेश हुन इटाली फर्किएका छन्। कोरोनाको कारण पोर्चुगलमा रहेको घरमै रोकिएको रोनाल्डो दुई महिनापछि इटाली फर्किएको हुन्।
एजेन्सी– पाकिस्तानका तीव्र गतिका पूर्व बलर शोएव अख्तरले टिम इन्डियाको बलिङ प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्। उनले सोसियल नेटवर्किङ एप हेलोमा समर्थकसँग कुरा गर्दै यस्तो बताएका हुन्।
जर्मनीमा शीर्ष डिभिजनका क्लबमा १० जना कोरोना संक्रमित पाइएको छ। खेल सुरु गर्नका लागि एक हजार सात सय २४ जनाको टेस्ट लिइएकोमा १० जनामा पोजेटिभ केस पाइएको हो।
एजेन्सी– स्पट फिक्सिङमा दोषी पाइएका पाकिस्तानी स्पिड बलर मोहम्मद आसिफले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)लाई दोस्रो मौका नदिएको आरोप लगाएका छन्। उनले फिक्सिङमा सामेल भएको आफू एकमात्र खेलाडी नभएको भन्दै एक...
एजेन्सी– फुटबल एसोसिएसनका अध्यक्ष जर्ग क्लर्कले दर्शकका लागि फुटबल फर्कन समय लाग्ने बताएका छन्। उनले फ्यानलाई छिटै मैदानमा बस्ने वातावरण तयार नभएको पनि बताएका छन्।
समर ट्रान्सफर विन्डोमा नै पाउल पोग्बा म्यान्चेस्टर युनाइटेडबाट निस्किने बाटोमा थिए। तर, उनलाई कसैले किन्न सकेनन्। कारण थियो क्लबले उनको मुल्य नै २ सय मिलियन युरो तोकिदिएको थियो।
एक दिवसीय विश्वकप २०१९ पछि भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई मैदानमा देखिन छोडिएको छ। त्यसैले उनको क्रिकेट भविष्यलाई लिएर फ्यानहरु चिन्तित बन्न थालेका छन्।
एजेन्सी– इंग्ल्यान्डमा पूर्वकप्तान बिल बिउमोन्ट विश्व रुग्बी परिषदको अध्यक्षमा चुनिएका छन्। उनले शनिबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी अगस्चिन पिकटलाई हराउँदै थप ४ वर्ष अध्यक्षमा निर्वाचित भएका हुन्।