मंगलबार, असार ३०, २०८३

आर्सनलका खेलाडीले गरे रंगभेदको विरोध

मैत्रीपूर्ण खेलको अभ्यासका क्रममा इंग्लिस क्लब आर्सनलका खेलाडीले रंगभेदको विरोध गरेका छन्।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

मैत्रीपूर्ण खेलको अभ्यासका क्रममा इंग्लिस क्लब आर्सनलका खेलाडीले रंगभेदको विरोध गरेका छन्। आउँदो जुन १७ बाट सुरु हुने प्रिमियर लिगको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गर्दा खेलाडीले विभिन्न नाराका साथ रंगभेदको विरोध गरेका हुन्।

‘आई कान्ट ब्रिथ’, ‘ब्ल्याक लाइभ्स म्याटर’, ‘कलर इज नट क्राइम’, र ‘इनफ इज इनफ (अब अत्ति भयो)’ भन्ने नाराका साथ खेलाडी क्लबको प्रशिक्षणमा देखिए। अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको माइनापोलिसमा एक श्वेत प्रहरीले हत्या गरेपछि विश्वभरी फ्लोयडको समर्थनमा आन्दोलन भइरहेको छ।

त्यही आन्दोलनलाई समर्थन गर्न मेसुट ओजिल, डबिड लुइस, अलेक्जेन्डर लगायतका खेलाडी विभिन्न नारा सहितको टी-सर्टसँगै इमिरेट्स स्टेडियममा देखिएका हुन्।

यता प्रिमियर लिग सुरु हुने पहिलो दिन अर्थात् जुन १७ मा आर्सनल म्यानचेस्टर सिटीसँग खेल्न इथायड स्टेडियमतर्फ जाने छ। यदि आर्सनलले म्यानचेस्टर सिटीलाई हराउन सके लिभरपुलको लिग विजेता हुने बाटो सहज हुने छ।

योर्गेन क्लोपको टिम लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंक धेरै ल्याएर शीर्ष स्थानमा छ। उसलाई लिग विजेता हुनका लागि दुई जित आवश्यक पर्छ। तर, आर्सनलले म्यानचेस्टर सिटीलाई हराउन सके लिभरपुललाई लिग विजेता हुने एक मात्र जित पर्याप्त हुने छ।

एजेन्सी

प्रकाशित: Jun 11, 2020| 14:15 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।