बिहीबार, भदौ १८, २०८३

बागमतीका तीन जिल्लामा लगातार चार दिन सार्वजनिक बिदा

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं । बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनमा शुक्रबारदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ।

शुक्रबार श्रीकृष्ण जन्माष्टमी र शनिबार तथा आइतबारको सातान्त बिदा परेको छ भने सोमबार चेपाङ समुदायको मुख्य पर्व ‘छोनाम’ (न्वाँगी) को अवसरमा प्रदेश सरकारले ती जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो।

चेपाङ समुदायको भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले प्रदेश सरकारले २०७८ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरी प्रत्येक वर्ष भदौ २२ गते चेपाङ बाहुल्य यी तीन जिल्लामा बिदा दिने निर्णय गरेको थियो।  

यसैबीच भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट, रसुवा र धादिङमा ठूलो जनधनको क्षति भएकाले चेपाङ समुदायले यस वर्ष सामूहिक रूपमा न्वाँगी नमनाउने भएका छन्।

प्रकाशित: Sep 03, 2026| 16:22 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्