मंगलबार, असार ३०, २०८३

पाकिस्तान क्रिकेटका पूर्व कप्तान अफ्रिदीलाई कोरोना संक्रमण

पाकिस्तान क्रिकेटका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

एजेन्सी- पाकिस्तान क्रिकेटका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ।

पूर्व कप्तान अफ्रिदीले आफू संक्रमित भएको शनिबार ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन्।

उनले बिहीबारदेखि केही अस्वस्थ महसुस गरेको र निकै दुखाई बढेपछि कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको ट्वीटरमा उल्लेख गरेका छन्।

साथै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्न आग्रहसमेत गरेका छन्।

उनको ट्वीटपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ट्वीटरमार्फत् उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

त्यस्तै क्रिकेटर मोहम्मद हाफीजले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अफ्रदी स्वभावैले एक लडाकू भएकाले यो भाइरसविरुद्धको लडाईँ छिट्टै जित्ने आशा व्यक्त गरेका छन्।

अफ्रिदीलाई कोरोना संक्रमण भएको खबरपछि थुप्रै क्रिकेट खेलाडी तथा शुभेच्छुकहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित: Jun 13, 2020| 19:12 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।