एजेन्सी– इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का कोषाध्यक्ष अरुण धुमलले इन्डियन प्रिमियर लिग(आईपीएल) रद्द भएमा करिब ४ हजार करोडको घाटा हुने बताएका छन्। मार्च २९ बाट हुने तय भएको प्रतियोगिता कोरोना...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले आज(मंगलबार) दुई क्वालिफायर प्रतियोगिता स्थगित गरेको छ। उसले कोरोना भाइरस(कोभिड–१९) को जोखिमका कारण प्रतियोगिता स्थगित गरेको बताएको हो।
फिफा महिला यू-१७ विश्वकप एक वर्षपछि सन् २०२१ मा हुने भएको छ। छिमेकी मुलुक भारतमा हुने तय भएको प्रतियोगिता नोबेल कोरोना भाइरस(कोभिड–१९) का कारणले केही समय अघि स्थगित गरिएको थियो।
एजेन्सी– लकडाउनका कारण स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर केही महिनायता मड्रिडस्थित घरमा छन्। उनलाई व्यक्तिगत सेफ र प्रशिक्षकले फिटनेसका लागि साथ दिइरहेका छन्।
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर रन्जित श्रेष्ठलाई कोराना पोजेटिभ देखिएको छ। दुबईमा बस्दै आएका श्रेष्ठलाई कोरोना संक्रमण भएको उनी आफैंले फेसबुकमा भिडियो पोष्ट गर्दै बताएका हुन्।
एजेन्सी– अमेरिकामा कोरोना भाइरस(कोभिड–१९)को कारण दुई महिना खेल गतिविधि रोकिएपछि अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) सुरु भएको छ। अमेरिकामा कोभिड–१९पछि सुरु भएको यो पहिलो ठूलो पेसेवर लिग हो।
अफगानी विकेटकिपर–ब्याट्सम्यान शफिकउल्लाह शफिक ६ वर्षको क्रिकेट प्रतिबन्धमा परेका छन्। उनी भ्रष्टाचार विरुद्धको नियम तोडेको आरोपमा प्रतिबन्धमा परेका हुन्।
फ्रान्सेली क्लब लायोनले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने भएसँगै युरोपियन क्लबको शीर्ष लिग मैदान फर्किने भएको छ। क्लबका अध्यक्ष जिन माइकेल अलसले लायोनले अगस्ट ७ मा तय गरिएको खेल खेल्ने बताएपछि...
विश्व तेक्वान्दोका अध्यक्ष चुङवान चाउले जर्मनीमा भइरहेको अनलाइन तेक्वान्दो प्रतियोगिताले नयाँ युगको सुरुवात गरेको बताएका छन्। उनले भिडियो सन्देश जारी गर्दै प्रतियोगिताको शैलीले खेललाई नयाँ टेस्ट दिएको बताए।
ब्राजिलका मिडफिल्डर फिलिप काउटिन्हो सन् २०१८ मा इंग्लिस प्रिमियर लिग छोडेर स्पेनिस ला लिगामा अनुबन्धन भए। अर्का ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लबतिर गएपछि बार्सिलोनाले उनको ठाउँमा काउटिन्होलाई अनुबन्धन गरेको थियो।
जर्मनीमा जारी प्रतियोगितामा ७२ देशका १२ सय ५४ खेलाडीको सहभागिता रहेको छ। सिनियर लेभलमा ६५ वर्ष माथिका खेलाडी पनि प्रतियोगितामा समावेश छन्। प्रतियोगितामा विजयी खेलाडीको पुरस्कार र ट्रफी घरमै पठाइने...
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) ले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अम्पायर परीक्षाको नतिजा प्रकाशित भएको छ। परीक्षामा नेपालका ३ जना अम्पायर उत्तीर्ण भएका छन्।
पहिलो पटक सञ्चालन भएको अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिप जर्मनीमा चलिरहेको छ। नेपालका पाँच खेलाडी सहभागी उक्त प्रतियोगितामा तीन खेलाडी दोस्रो चरणमा पुगेका छन् ।